Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र

जनकपुरधाम, धनुषा,नेपाल

मधेश प्रदेश सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र

जनकपुरधाम, धनुषा,नेपाल

हाम्रो बारे 2077-11-20

देश भर स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गर्न सबल आपूर्ति ब्यवस्थापन हुनु अपरिहार्य छ । यसै सन्दर्भमा बि स २०५०।५१ मा स्वास्थ्य सेवा बिभाग अन्र्तगत आपूर्ति ब्यवस्था महाशाखाको गठन भई केन्द्रिय स्टोर, ५ क्षेत्रीय मेडिकल स्टोर तथा ७५ जिल्लामा स्टोरको संजाल खडा गरिएको थियो । हाल संघिय सन्रचनाअनुसार संघ, प्रदेश तथा स्थानिय तहसँग आपुर्तीसम्बन्धी व्यवस्थापनको लागि व्यवस्थापन महाशाखा अन्तर्गत आपुर्ती व्यवस्था शाखाको स्थापना गरिएको छ। आपूर्ति ब्यवस्था शाखाले संघ, प्रदेश तथा स्थानिय तहका लागी अत्यावाश्यक औषधी,परिवार नियोजनका साधनहरु, मातृशिशु स्वास्थ्य सम्बन्धी सामग्रीहरु, भ्याक्सिन, स्वास्थ्य सम्बन्धी औजार लगायत अन्य स्वास्थ्य सम्बन्धी सामग्रीहरू खरिद गर्दै आएको छ । यस लगायत आपूर्ति व्यवस्था शाखाले औषधी साधनहरुको भण्डारण लगायत प्रदेश तथा जिल्ला एवम पालिकाहरुमा वितरण गर्ने जिम्मेवारी समेत वहन गर्दछ । आपूर्ति व्यवस्था शाखाले देश भरका प्रदेश,पालिका तथा पाँच हजार भन्दा बढि स्वास्थ्य संस्थाहरुको आपूर्ति व्यवस्थापन सूचना प्रणाली समेतको व्यवस्थापन गर्दछ ।

 

हाल आपूर्ति व्यवस्था शाखाले आपूर्ति व्यवस्थापन सूचना प्रणाली लाई सुदृढ गर्ने योजना अनुरुप आधुनिक संचार प्रविधिको प्रयोग गरी केन्द्र देखी स्वास्थ्य संस्था सम्म औषधि तथा स्वास्थ्य सामाग्रीहरुको अवस्था प्राप्त गर्ने उदेश्यले अनलाईन जिन्सी व्यवस्थापन प्रणाली(LMIS), विद्युतिय आपूर्ति व्यवस्थापन सूचना प्रणाली(e-LMIS) जस्ता कार्यक्रमहरू लागु गरी स्वास्थ्य सेवामा सूचनाको पहुंच बढाई सम्पूर्ण तहमा प्रभावकारी निर्णय गर्न समेत मद्दत पु¥याई रहेको छ ।


सहायक पेज


पछिल्लो अपडेट गरिएको : 2080-12-14 11:52:37
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers